भुलेर पनि तुलसीको पातलाई यसरी प्रयोग नगर्नुहोस् नत्र…

रोचक

धार्मिक रुपमा होस वा प्राकृतिक रुपमा होस तुलसीको अत्यन्त महत्व रहेको छ । यसको सेवन वा प्रयोग गर्नाले धेरै कुरा फाइदा लिन सकिन्छ । यसको प्रयोगले नै वा सेवन गर्दा धरै किसिमका रोगहरु घरमै पनि निको पार्न सकिन्छ ।

यो अत्यन्तै बहुगुणी बृक्ष हो । तर यसको प्रयोग गर्न जान्नुपर्छ । गलत तरिकाले तुलसीको प्रयोग गर्दा फाइदा होइन बेफाइदा पनि हुन सक्छ । सावधान धेरैले तुलसीको पातको गलत प्रयोग गरिरहेका हुन्छन् । थाहा पाइराख्नुस तुलसीको पातलाई के गर्नुहुँदैन ?

कहिल्यै नचपाउनुहोस् तुलसीको पातमा एक प्रकारको रसायन हुन्छ जसले हाम्रो दाँतमा भएको क्याल्सियमलाई सोस्ने काम गर्छ । त्यसैले यसलाई चपाउनु एकदमै हानीकारक मानिन्छ । त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

शिवलिङ्गमा नचढाउनुहोस् हिन्दु धर्मका ग्रन्थअनुसार, एकचोटि शिवलाई हराउन भनेर जालन्धरले शिवसँग युद्ध गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान हुन्छन् । त्यसैबेला विष्णु भगवानले जालझेल गरी वृन्दाको पतिव्रत धर्म लुटिदिन्छन् र शिवजीले जालन्धरलाई हराउन सफल हुन्छन् । विष्णुको यस्तो छलकपटबाट क्रोधित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्राप दिन्छिन् र आफ्नो पति जालन्धरको वध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्राप दिन्छिन् । त्यसकारण नै शिवलिङ्गमा तुलसीको पात चढाउनु अनर्थ मानिन्छ ।

गणेश भगवानलाई पनि कहिल्यै नचढाउनुहोस्
हिन्दु धर्म ग्रन्थ अनुसार गणेश भगवानले वृन्दाको श्रापलाई कम गरीदिए ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस् । तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस् ।’त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अशुभ मानिन्छ र पूजाको फल पनि नपाइने हिन्दु धर्ममा विश्वास गरिन्छ ।

कहिल्यै पनि घरभित्र तुलसी नरोप्नुहोस्
हिन्दु धर्मग्रन्थमा उल्लेख भए अनुसार जालन्धरको मृत्युपश्चात विष्णुले वृन्दालाई आफ्नी शखीको रूपमा मानेका थिए । अनि वृन्दाले आफूलाई पनि उनकै साथ लैजान विष्णुसँग आग्रह पनि गरिन् । तर विष्णुले अस्वीकार गरे र भने “मेरी धर्मपत्नी लक्ष्मी हुन् तर मेरो तिमी सदा मेरो हृदयमा हुनेछौ” त्यसपछि वृन्दाले विष्णुको घरबाहिर आँगनमा बस्न पाउने आग्रह गरिन्, जुनलाई विष्णुले स्वीकार गरे । त्यसैले नै विष्णु र वृन्दारूपी तुलसीको मोठलाई घरबाहिर राख्नुपर्ने, घरभित्र राख्दा अशुभ हुने विश्वास गरिन्छ ।

यस्ता छन् तुलसीको पात खादाको फाइदाहरु
संसारको जुनसुकै भूभागमा पनि पाईने यो वनस्पति हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो । चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् ।

यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ ।

तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन् ।

औषधोपचार

१. धेरै दिशा लागेमा
८-१० वटा तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।

२. आउँ, शुल परेमा
१०/१२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *