धेरै घुर्ने,पेट कराउने र डकार आउने गरेको छ र सामान्य लिनु भएको छ भने खतरामा हुनुहुन्छ हजुर,यस्ता गम्भीर समस्याले घेर्दै छ

स्वास्थ्य

काठमाडौँ । मानवशरीरका विभिन्न अंगबाट फरक फरक आवाज निस्कने गर्छ । शरीरबाट आउने फरक फरक आवाजले के संकेत गर्छ । जस्तैः डकार, हिक्का आउनु, पेट कराउने, श्वासको आवाज, जोर्नीको पड्किने आवाज आदि ।प्रायः हामी यी आवाजलाई वेवास्ता गर्छौं । वेवास्ताका कारण विरामी पर्ने खतरा समेत हुनसक्छ । आवाजभित्र लुकेका स्वास्थ्य संकेतका बारेमा जान्नुस् स्

१.कानभित्रबाट आउने आवाज : कानभित्र फंगल इन्फेक्सन भएमा कान कराउने गर्छ । टिनिटस नामको रोगको कारण पनि कानमा आवाज आउने गर्छ ।

२.घुर्ने : मोटोपनको कारण घाँटीको मेम्ब्रेनमा रोकावट आउने हुँदा घुर्ने समस्या हुन्छ । यसबाट स्लिप ऐप्निया, डाइबिटिज र स्ट्रोकको खतरा हुन्छ ।

३.बंगाराको आवाज : माथि र तलको बंगाराको अलाइमेन्ट बिग्रिने कारण बंगाराको आवाज आउने गर्छ । कहिलेकाहीँ बंगारा लक हुनेकारण पनि यो समस्या हुन्छ ।

४. पेट गडबड : डाइजेसनमा समस्या आएमा पेटमा गडबढ हुनेगर्छ । पेट फुल्ने र पेट कराउने समस्या भएमा कलेजोको समस्या हुनसक्छ ।

५.जोर्नी पड्किने : जोर्नीको बीचमा हावा र तरलपदार्थ गएमा जोर्नी पड्किने समस्या हुन्छ । गाँठो पर्नु वा अर्थराइटिसको कारण पनि यस्तो समस्या हुन्छ ।

६.नाकबाट आउने आवाज : रुघाखोकी वा साइनसका कारण नाकबाट आवाज बढ्ने गर्छ । कार्टिलेजमा आवाजका कारण पनि पनि यस्तो हुन्छ ।

७.खोक्दा : फोक्सोको इन्फेक्सन र एलर्जी भएमा खोकी आउने गर्छ । लामोसमयसम्म यस्तो आवाज आएमा अस्थमा जस्ता रोग लाग्ने खतरा हुन्छ ।

८.सुत्नेबेला मुटु धड्कन सुन्नु : धेरै कफी र अल्कोहलका कारण मुटुको धड्कन बढ्ने गर्छ । यो एग्जाइटीका कारण हुने गर्छ ।

९.डकार : पेटमा भएको ग्याँस बाहिर निस्कने कारण डकार आउने गर्छ । डकारको साथै पेट पोलेमा ग्याँसष्ट्रिकको समस्या हुन् ।

१०.हिक्का आउनु : श्वासनलीमा भएको डायफ्राममा अवरोध आउने कारण हिक्का आउने गर्छ । सामान्य हिक्का आउनु स्वभाविक हो तर धेरैबेरसम्म हिक्का आएमा शरीरको नर्वस सिस्टममा समस्या आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *