काठमाडौं। पछिल्ला केहि महिनासम्म निरन्तर उकालो लागेको सुनको भाउ एकैदिन ७ सय रुपैयाँले घटेको छ ।शुक्रबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९५ हजार २ सय रुपैयाँ रहेको छ । बुधबार पनि सुन तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज चाँदीको मुल्य भने घटेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार कारोबार भइरहेको छ ।
यो पनि:बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको बुलेट बाइक नेपाली बजारमा पनि निकै लोकप्रिय मानिन्छ ।भारतीय बजारमा उत्पादन हुँदै आएको रोयल इन्फिल्डका बाइक नै नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो क्वार्टरमा भारतमा १९ प्रतिशतले बिक्री गुमाएको कम्पनीले अब भने सस्तो मूल्यका मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ ।
कम्पनीको साधारण सभामा बोल्दै नवनियुक्त सीइओ विनोद देसारीले भने ‘हामी नयाँ मोडलका मोटरसाइकल बजारमा ल्याउने तयारीमा छौँ, आगामी महिना हाम्रा ग्राहकलाई सरप्राइजिङ्ग प्याकेज दिने तयारीमा छौँ ।’देसारीको भनाइलाई आधार बनाउँदै भारतीय मिडियाले कम्पनीले नयाँ सस्तो मोटरसाइकल चाँडै आउने अनुमान गरेका छन् ।
अहिले रोयल इन्फिल्डको सबैभन्दा सस्तो मोडल बुलेट क्लासिक रहेको छ । अब कम्पनीले त्योभन्दा सस्तो मोडल बजारमा ल्याउन खोजेको हो ।मिडिया रिपोर्टका अनुसार अहिले बिक्री भइरहेको बुलेटको तुलनमा नयाँ बाइक करिब २५ हजार भारतीय रुपैयाँ सस्तो हुने अनुमान गरिएको छ ।नयाँ बाइक पनि बुलेटकै प्याटर्फममा निर्माण भइरहेको जनाइएको छ । नयाँ बाइकमा पनि बुलेट कै जस्तो फिउल ट्याङ्क दिइने छ भने इन्जिनमा कालो कलरको प्रयोग गरिने अनुमान गरिएको छ । उक्त बाइकमा अधिकांश क्रोमहरु बुलेट कै जस्तो प्रयोग हुनेछ ।