अभिनेत्री आचल र उदिपको विबाहपछिको पहिलो दशै यस्तो रह्यो

मनोरञ्जन

आज हिन्दुहरुको महान पर्व दशैको मुख्य दिन टीका । यसपालिको दशै कोरोनामय भयो । हर्सोल्लास दशैलाई यसपटक घरभित्रै थुनियो । कोरोनाको महामारी अझै साम्य नहुदा नेपालिहरुको दशै खल्लो हुदा नजिकको आफन्तमा मात्रै दशै खुम्चिएको छ । यता कलाकारहरूले पनि आफ्नो घरभित्रै मनाएका छन् ।

टिकाको दिन मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरेर तस्वीरहरुलाई सामाजिक संजालमा सार्बजनिक गर्ने क्रम सुरु भएको छ । यस्तैमा अभिनेत्री आचल शर्माले पनि दशै तस्वीरलाई फेसबुकमा सार्बजनिक गरेकी छन् । सामाजिक संजालमा सार्बजनिक गरेको तस्वीरहरुमा उनका श्रीमान उदिप श्रेष्ठ र परिवार संग छिन् । आचलको बिवाह पश्चात् पहिलो दशै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *