रेशम फिरिरि.., गीत आफ्नै स्वरमा रेकर्ड गरेर चिनियाँ राजदुतले दिईन् दशैँको शुभकामना (हेर्नुहोस् )

भिडियो

काठमाडौं, १० कात्तिक । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाली गीत रेशम फिरिरि..,आफ्नै स्वरमा गाएर दशैँको शुभकामना व्यक्त गर्नुभएको छ । नेपालीहरुको महान पर्व बडादशैँको मुख्य दिन टीकाको दिन आफ्नै स्वरमा रेकर्ड गरेको नेपाली गीत ट्वीट गर्दै सार्वजनिक गर्नुभएको हो ।

उहाँल ट्वीट गर्दै भननुभएको छ – ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौँ र अन्त्यमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस्’

भिडियोमा स्वयम होउ यान्छीलाई पनि देख्न सकिन्छ भने नेपालको हिमाल, ऐतिहासिक धार्मिक स्थलका साथै नेपालका पहिचान झल्काउने विविध तस्बीरहरुहरु देख्न सकिन्छ । यसअघि राजदुत यान्छीले नेपाली गीतमा सामुहिक नाच पनि प्रस्तुत गर्नुभएको थियो । उहाँको नाचलाई धेरै नेपालीहरुले मन पराएका थिए ।
यहाँ बाट हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *