सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नुहोस्, सधै घरमा हुन्छ लक्ष्मीको बास

रोचक

विलासी आवश्यकता पुरा गर्न लगाइने विभिन्न प्रकारका धातुको प्रयोगले मानिसलाई विभिन्न किसिमको प्रभाव पार्ने गरेको कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । मानिसले प्रयोग गर्ने धातुका सामाग्रीहरुमा सौर्यमण्डलमा रहेको ग्रहले ठूलो भूमिका खेलेको हुन्छ । ग्रहले नै धातुलाई ठूलो असर पुर्याएको हुन्छ ।

सुन, चाँदी, तामा, महँगा रत्न, हिराले बनेका सामाग्रीले मानिसमा सकारात्म वा नकारात्म दुवै प्रकारको प्रभाव पर्ने गर्छ । जो कोहीले पनि सुनको प्रयोग गरेपछि आफ्नो जीवन सुखमय रहेकोे चाहन्छन् । त्यसैले आज हामी तपाईलाई सुन लगाउँदा राम्रो नराम्रो कस्तो प्रभाव पर्छ भन्ने बारे बताउन गइरहेका छौँ ।

१.खुट्टामा सुन नलगाउनु हुँदैन् : सुनबाट बनेका विच्छी, पाउजु खुट्टामा लगाउनु हुँदैन् । जसले दाम्पत्य जीवनमा नकारात्मक असर पुर्याउँछ । यसो गर्नाले स्वास्थ्यमा समेत नकारात्क असर देखा पर्छ।

२.घरको यो दिशामा राख्दा राम्रो हुन्छ : यदि तपाई आफ्नो घरमा सुन राख्नुहुन्छ भने घरको उत्तर पूर्व दिशामा राख्दा राम्रो हुनेछ।

३.यसरी राख्नुहोस् सुनः सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नु शुभ मानिन्छ । सुन राखेको ठाउँमा सुनसँगै केसर पनि राख्नुहोस् जसले घर परिवारमा धनधान्यको समृद्धि ल्याउँछ।

४.गर्भवतीले नलगाउनुस् सुनः गर्भवती र वृद्धले सुनको धारण गर्न बाट बच्नु पर्छ । यस्तो अवस्था सुन लगाएपनि थोरै लगाउनुपर्छ । धेरै सुन लगायो भने समस्या सुरु हुन्छ ।

५.यदि सन्तान चाहिएः यदि तपाईको सन्तन भएका छैनन् भने देबे्र हातको साँहिली औँलामा रिङ लगाउनुहोस् । यसो गरेमा सुनले विस्तारै आफ्नो प्रभाव देखाउँने भएकाले सन्तानको योगलाई रोक्ने ग्रहलाई टाढा राख्छ ।

६.सुन दानः धातुको कारक वृहस्पति भएकाले सुनको वस्तुको दान कुनै ब्राम्हण पुजारी वा गुरुलाई गर्नुपर्नेछ । कुनै अपरिचित व्यक्तिसँग सुनको लेनदेन गर्नु हुँदैन् ।

७.सुन भेट्टाउनु र हराउनुः सुन भेट्टाउनु वा हराउनु दुवै काम अशुभ हो । सुनको वस्तु हराउँदा झगडा हुने वा अन्य रोग लाग्न सक्छ । भेट्टाएको सुनको गहना घरमा राख्दा खर्च बढ्नेछ ।

८.दाम्पत्य जीवन खुसी बनाउनका लागिः दाम्पत्य जीवन खुसी राख्नको लागि घाँटीमा सुनकाे सिक्री र चोर औँलामा सुनको औठी लगाउँदा राम्रो हुनेछ ।

९.जो फलामको काम गर्छन्ः जो मानिस फलाम, कोइला वा शनि सम्बन्धी काम गरेको हुन्छ त्यस्तो मानिसले सुन लगाउनु हुँदैन् । यसो गर्नाले व्यापारमा नोक्सान हुने हुँदा ज्योतिषको सल्लाह अनुसार सुनको प्रयोग गर्दा राम्रो हुन्छ ।

१०.सुन र स्वास्थ्यः सुनले उर्जा र गर्मी दुवै पैदा गर्ने भएकाले यदि रुघा, खोकी, सास सम्बन्धी रोगहरु लागेको छ भने सुनको औँठी बनाएर कान्छी औँलामा लगाउनुहोस् । यसरी सुनको पानी पिउँदा शरिरमा इम्युनिटी पावर बढ्छ ।

११.कम्मरमा सुन नलगाउनुहोस्ः कम्मरमा सुनको प्रयोग गर्नु हुँदैन् यसो गर्नाले पाचन तन्त्रलाई खराब पार्न सक्छ । साथै पेटसम्बन्धी समस्याहरु पदा गर्छ । सुनले मटोपनको समस्याहरु हुन्छ । कम्मरमा सुन लगाउँदा अत्याधिक रिस उठ्ने हुन्छ । त्यसकारण कम्मरमा सुनको गहन लगाउनु हुँदैन्।

१२.कहिले पनि हुँदैन अपवित्रः सुन सधै पवित्र हुन्छ । श्मसान, सूतक वा कुनै प्रकारको अपवित्र भएका व्यक्तिले लगाउँदा वा सुनपानी आफुमा छर्कदा शुद्ध हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *