प्युठामा कोष तथा लेखा नियन्त्रण कार्यालयको जिप दुर्घटना, एक जनाको मृत्यु

समाचार

काठमाडौ । प्यूठानमा कोष तथा लेखा नियन्त्रण कार्यालयको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मल्लारानी गाउँपालिका वडा नम्बर ४ खत्रे खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारीलाई छोडेर फर्कने बेलामा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा जिप चालकको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका अनुसार दुर्घटनामा परी जिप चालक प्रकाश आचार्यको मृत्यु भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध१झ ५ नम्बरको उक्त जिप प्यूठानकै मल्लारानी गाउँपालिका वडा नम्बर ४ खत्रे खोलामा दुर्घटनामा परेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रहरी सहायक निरीक्षक कृष्ण विकका अनुसार जिपमा चालक आचार्य मात्रै थिए । कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख लगायतका कर्मचारीहरूलाई मल्लारानी गाउँपालिकाको कार्यालयमा छोडेर फर्किँदै गर्दा उक्त जिप दुर्घटनामा परेको प्रहरी सहायक निरिक्षक विकले जानकारी दिए। दुर्घटनामा परेको जिप सडकबाट १ सय ५० फिट तल खोलामा खसेको प्रहरीले जनाएको छ। फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *