सडकमै त्यागे माइँलाले प्राण, प्रहरीले ३ दिन पछि पत्ता लगायो उनको परिचय

समाचार

काठमाडौ । सोमबार बिहान ११ बजे ललितपुरमा अलपत्र फेला परेका ति पुरुषको परिचय खुलेको छ । ललितपुरको ग्वार्को हुँदै पाटन दरबार स्क्वायर जाने सडकछेउमा अलपत्र परेका पुरुषलाई प्रहरीले अस्पताल लैजाना साथ निधन भएको थियो । सडकमा वे हो स रहेका उनको निधन भएपछि प्रहरीले ३ दिन पछि उनको पहिचान पत्ता लगाएको हो ।

सडकमा अलपत्र देखेपछि स्थानियले प्रहरीलाई खबर गरेपछि उनको उद्दार गरेर अस्पताल लगिएको थियो । तर उनी को हुन् भन्ने खुलेको थिएन । उनी करिब १५ वर्षदेखि ललितपुर क्षेत्रमा मजदुरी गरेर जिवन चलाउँदै आएका माइला भन्ने प्रहरीले पत्ता लगाएको छ । तर उनको अन्य वास्तविक परिचय अझै खुलेको छैन ।

अन्दाजी ३१ वर्षका ती पुरूषले मजदुरी गर्ने गरेको र उनलाई स्थानियले काइँला भनेर बोलाउने गरेको प्रहरीको भनाई छ । प्रहरीले अस्पतालमा लगेपछि चिकित्सकले निधन भएको घोषणा गरेका थिए । तर उनको निधन अस्पताल पुगेपछि भयो वा प्रहरीको गाडीमै भएको थियो भन्ने खुलेको छैन । उनको शरीरबाट प्रहरीले फोन, परिचय पत्र पनि नभेटाएका कारण परिचय पत्ता लगाउन कठिन भएको थियो । सोही ठाउँका पसलेले उनको बारेमा बताएको प्रहरीको भनाई छ।

अझै पनि प्रहरीले उनको पूरा नाम, ठेगाना भने कसैले बताउन नसकेको जनाएको छ । करिब १५ वर्षदेखि ललितपुर क्षेत्रमा मजदुरी गरेर उनले जीवन गुजारेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए। उनी ललितपुरको सुकुम्बासी बस्तीमा बस्ने गरेको स्थानियको भनाई छ । उनको निधनको कारण समेत अहिले सम्म पत्ता लागेको छैन । पा्ष्टमार्टम रिपोर्ट पछि मात्र निधनको कारण बारे थाहा हुने प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *