पहाड र तराईका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

समाचार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ लगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराईका केही भू–भागमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली र वाँकी स्थानमा आंशिक बदली रहनेछ । आज रागि प्रदेश १ लगायत देशका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने विभागले जनाएको छ ।

प्रदेश १ लगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *