अशुभ घटना हुनु अघि देखिन्छन् यी ८ लक्षण

रोचक

ज्योतिष शास्त्रका अनुसार हाम्रो जीवन ग्रहको आधारमा चल्छ। हाम्रो जीवनमा हुने हरेक घटनामा ग्रहको प्रभाव हुन्छ।अफ्ठेरो भनिएको शनि ग्रहको स्थानान्तरणसँगै मानिसको जीवनमा परिवर्तन हुने सम्भावना हुन्छ। शनि अशुभ भएका राशिका ब्यक्तिलाई विभिन्न संकेत देखिने ज्योतिष शास्त्रको भनाइ छ।

थाहापाइ राख्नुस् शनिका अशुभ संकेतः

१- शनि प्रतिकुल भएपछि मानिसमा नराम्रा कुराप्रति बढी ध्यान जाने हुन्छ, कुसंगति, नशा वा परस्त्री वा परपुरुष गमन तर्फ मात्र मन लाग्यो भनेपनि शनि प्रतिकुल भएको बुझ्नु पर्छ। यस्ता ब्यक्तिको धन र ब्यक्तित्वमा समेत नकारात्मक प्रभाव पर्न सक्छ।२- शनि प्रतिकुल भएमा सदैव आलस्य हुने र कुनै काम गर्न जाँगर नलाग्ने हुन्छ। यस्ता ब्कयक्तिको अनुहारमा थकान, तनाव देखिन्छ।

३- जूते-चप्पल चुँड्ने वा च्यातिने भैराख्नु पनि शनि प्रतिकुल भएको लक्षण हो।४- शनि विपरीत भएमा आँखा पोल्ने वा कमजोर हुने, कमर दुख्ने जस्ता लक्षण देखिन्छन्।५- यदि कुनै विद्यार्थीको जीवनमा शनि प्रतिकुल भएमा पढाइमा मन नलाग्ने र असफलता हात लाग्छ।

६- विवाह हुनासाथ ससुरालीको घरमा आर्थिक क्षति भयो भने शनि सकारात्मक छैन भन्ने बुझ्नुस्।७- यदि तपाइ घर बनाउँदै हुनुहुन्छ र भनेको जसरी काम नहुने र अनेक अवरोध आउने भएपनि बुझ्नुस् शनि प्रतिकूल छ।८- साना साना कुरामा समेत झगडा हुने र तनावको अवस्था पनि शनि प्रतिकुल भएको लक्षण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *