ग्यास किन्न यस्तो नयाँ नियम, थाहा नपाए किन्न नपाउनुहोला ?

Uncategorized

काठमाडौं । नेपाल ग्यास उत्पादक संघले ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिनुपर्ने नियम आएको छ । यसरी अनिवार्य रसिद लिन उपभोक्तालाई आग्रह गरिएको छ । एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो ।

यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने विभागले संघले जनाएको छ ।नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य २ हजार १ सय रुपैयाँ कायम गरिएको र रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने पनि संघले जनाएको छ ।

यसअघि नै सिलिन्डर लिई सकेका उपभोक्ताले भने आफूले ग्यास किनिरहेको डिलरमा गएर रसिद लिन सक्ने संघका अध्यक्ष गोकुल भण्डारीले बताए । यसका लागि कुनै मुल्य लाग्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *