कात्तिक ७ बाटै क्लिन फिड लागू हुने, विदेशी च्यानलमा विज्ञापन बन्द

समाचार

काठमाडौं, २८ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्तिक ७ गतेबाट क्लिन फिड लागू हुने स्पष्ट गरेको छ । सरकारले कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन रोक लगाएको हो ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी जर्दै इण्डियन ब्रोडकाष्टर फोरम, डिस्कभरी नेटवर्कस, बीबीसीसहित नेपाल केबल टिभी महासंघलगायतले क्लिन फिड प्रशारणको म्याद थप गर्न माग गरेको भएपनि २०७७ कात्तिक ७ गतेदेखि क्लिन फिड लागू गर्न ऐनले नै व्यवस्था गरेको प्रष्ट पारेको छ ।

ऐनले नै एक बर्षको तयारी समय व्यवस्था गरेकोले तोकिएको मितिमै क्लिन फिड लागू हुने पनि मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ ।यदि तोकिएको समयबाट क्लिन फिड लागू नगरिएको अवस्थामा कानून बमोजिम कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *