यी युवक रातभरी ३२ किमि हिँडेर पहिलो दिन अफिस पुगेः मालिकले भावुक हुँदै उपहारमा दिए नयाँ कार

रोचक

न्यूयोर्क । अमेरिकाको एक कम्पनीका मालिकले ३२ किलोमिटर पैदल हिँडेर अफिस पुग्ने आफ्ना एक कर्मचारीलाई नयाँ कार उपहारस्वरुप प्रदान गरेका छन् ।वाल्टर कारको आफ्नो कार बिग्रिएका कारण उनी रातभरी हिँडेर अफिसमा पहिलो दिन उपस्थित भएका थिए ।अफिस जाँदै गर्दा उनलाई एक पुलिस अधिकारीले देखेर रोकेको र २० वर्षे युवकको कथा सुनेपछि उनलाई ब्रेकफास्टका लागि प्रस्ताव राखेको बताइएको छ ।

बीबीसीका अनुसार अफिसकी अर्की कर्मचारी जेनी लेमी अफिसमा आठ बजे आइपुग्ने ग्राहकहरु भन्दा अघि सरसफाई सिद्धाउने सोच बनाएर त्यस दिन चाँडै उठेकी थिइन् । उनले साढे ६ बजे अफिसको डोरबेल बजेको सुनिन् र ढोका खोल्दा वाल्टरलाई एक पुलिस अधिकारीसहित देखिन् ।मैले ढोका खोल्ने बित्तिकै उनले ‘यी निकै राम्रा बच्चा’ लाई बिहानै पेलह्याममा भेटेको बताइहाले,’ उनले आफ्नो फेसबुकमा लेखिन् ।

‘उनी होमवुडस्थित आफ्नो घरबाट रातभरी हिँडेर पेल्ह्याम आइपुगे । किनभने उनी अफिसमा ढिलो हुन चाहँदैनथे । उनी ३२ किलोमिटर हिँडेर यहाँ आइपुगेका हुन् । पुलिसले उनलाई सबेरै भेटेको र ब्रेकफास्टका लागि लगेको र उनको कथा सुनेपछि वाल्टरलाई हाम्रो घरसम्म ल्याइदिए ।’

लेमीका अनुसार उनले वाल्टरलाई अरु कर्मचारी नआएसम्म आराम गर्न आग्रह गरिन् तर उनी मानेनन् र तत्काल काम गर्न थालिहाले । ‘मलाई वाल्टर र उनको यात्राले निकै छोएको छ । म यो सोच्न सक्दिनँ कि मध्य रातमा एक्लो हिडिँरहेका वाल्टरले कतिपटक पछाडि फर्केर हेरे होलान् । कतिपटक आफ्नो हिँडेरै अफिस पुग्ने निर्णय सही थियो वा गलत भनी घोत्लिए होलान् । तर उनी निरन्तर हिँडिरहे । म यी युवा देखेर निकै चकित भएकी छु,’ उनले थपिन् ।

लेमीले कम्पनीका सिइओ ल्यूक मार्कलिनलाई फोन गरिन् र नयाँ कर्मचारीलाई चकित तुल्याएर फोर्ड स्केपको नयाँ कारसहित उपस्थित भइन् ‘म साँच्चै नै उनी देखेर निकै प्रभावित भएकी छु । उनले जे गरे त्यसले मलाई भाव विह्वल बनाउँछ,’ मार्कलिनले एबीसी न्यूजलाई भने । रिपोर्टका अनुसार जब उनी पाँच वर्षका थिए तब वाल्टर र उनकी आमाले न्यू ओर्लियन्सस्थित आफ्नो घर कट्रिना आँधीमा गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *