सरकारले पुनः लकडाउन बारे यस्तो भन्यो , के फेरी हुन्छ त लकडाउन ?

समाचार

काठमाडौं, २५ असोज । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं कोरोना भाइरस महामारीविरुद्धको लडाईमा पछि परेको बताउनुभएको छ ।आइतबार (आज) मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं देशलाई नै नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने शहर भएपनि कोरोना महामारीविरुद्धको लडाईंमा भने पछि परेको बताउनुभयो ।

उहाँले कोरोना महामारी नियन्त्रणका लागि कतिपय जिल्लाको प्रयास उदाहरणीय भएको तर, काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको बताउनुभयो ।यसैबीच उहाँले काठमाडौंका जनप्रतिनिधि, संघ संस्था तथा आम नागरिकलाई कोरोना नियन्त्रणका लागि बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्नुपर्ने बताउनुभयो ।

त्यस्तै, उहाँले ४० लाख जनसंख्या भएको काठमाडौंमा संक्रमण अनियन्त्रित बनेमा अवस्था भयावह हुने र स्वास्थ्य संरचनाले धान्न नसक्ने पनि बताउनुभयो । उहाँले कोरोना संक्रमणलाई हल्का ढंगले लिन नहुने पनि आग्रह गर्नुभयो ।नेपालमा कोरोना संक्रमणको श्रृङ्खला रोक्न नागरिकको सचेतता आवश्यक रहेको बताउँदै मन्त्री पोखरेलले यो वर्षको दशैंलगायतका चाडपर्व उल्लासका साथ मनाउने अवस्था नरहेको पनि प्रष्ट पार्नुभयो ।

साथमा आफ्ना अभिभावक तथा मान्यजनलाई कोरोना संक्रमणबाट बचाउन सबै सचेत रहन पनि उहाँको आग्रह छ । यसैबीच उहाँले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ पनि सबैलाई सचेत गराउनु भएको छ ।

हालको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको तर, नागरिक संवेदनशील नभएमा पुनः लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभयो ।नागरिकको जीवन रक्षा सरकारको मुख्य प्राथमिकता भएको बताउँदै उहाँले बारम्बारको अपीलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सुझाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *