कोरोना संक्रमणको भयावह बढ्दै गए पछी दशैंको मुखमा सरकारले थाल्यो यस्तो कडा तयारी

Uncategorized

काठमाडौं : शनिबार अहिलेसम्मकै सर्वाधिक एकै दिनमा ५ हजार कोरोना भाइरसका संक्रमित संख्या नाघेपछि स्थिति भयावह बन्दै गएको । यो हप्ता दुई, तीन, चार गर्दै हिजो शनिबार एकै दिन पाँच हजारभन्दा बढी संक्रमित थपिएपछि स्थिति भयावह भयको हो ।

देशभर पाँच हजार ८ जना संक्रमित संख्या थपिदा काठमाडौं उपत्यकामा मात्र २६ सय ७२ नयाँ संक्रमित थपिएका हुन् । काठमाडौं कोरोना संक्रमणको हटस्पट बनिसकेको छ । उपत्यकामा दैनिक दुई हजारभन्दा बढी संक्रमित थपिने क्रम जारी रहेको छ ।

दशैंको मुखमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । अस्पतालहरु भरिएका छन् । काठमाडौं उपत्यकामा कोरोना अस्पतालले थेग्न नसक्ने परिस्थिति बन्दैछ ।

विगतमा २५ हजार सक्रिय संक्रमित पुगेपछि स्वास्थ्य मन्त्रालयले लकडाउन सिफारिश गर्ने बताएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका थिए । अहिले देशमा सक्रिय संक्रमित कुल ३० हजार ८ सय १८ पुगेको स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ ।

एकै दिन ५ हजार संक्रमित संख्या नाघेपछि सरकार स्थिति अनियन्त्रणतर्फ जानसक्ने तर्फ सचेत भएको बुझिएको छ । विशेषगरी काठमाडौं उपत्यकालगायत बिभिन्न शहरी क्षेत्रमा अवस्था भयावह बन्दैछ । यसलाई दृष्टिगत गरी सरकारले कडाई गर्ने बुझिएको छ ।

स्वास्थ्य मन्त्रालयले दशैं घरमै बसेर भौतिक दूरी कायम गरेर मनाउन बारम्बार आग्रह गरेको छ । यो सरकारले यसपटक दशैंमा कडाई गर्ने संकेतको रुपमा बुझिएको छ । सरकार कोरोना रोकथामका लागि कडा कदम चाल्ने तयारीमा रहेको बुझिएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयलमा परामर्श शुरु भइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । तर जनताहरु दशैँ तिहार सम्म लकडाउन नगर्देको भय हुन्थ्यो भन्ने चाहना राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *