बोर्डिङमा शिक्षिकालाई एक्लै भेट्नासाथ शिक्षकको यस्तो हर्कत, भिडियो भाइरल (भिडियो हेर्नुस्)

समाचार

काठमाडौ । विद्यालयमै शिक्षकले शिक्षिकालाई अस्वभाविक ब्यवहार गर्ने गरेको भन्दै शिक्षिका प्रहरीको सहयोग लिन पुगेकी छन् । शिक्षिकाको मौखिक उजुरी पछि दागंमा ति शिक्षक पक्राउ परेका छन् । शिक्षकले विद्यालयमै शिक्षिका माथि गरेको अस्वभाविक भिडियो समेत सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि प्रहरीले पनि चासो देखाएको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं। १५ निवासी २३ वर्षीय शिक्षक रामकुमार राना रहेको प्रहरीले बताएको छ। उनी घोराहीस्थित सिद्धार्थ बोर्डिङ स्कुलका शिक्षक हुन्। शिक्षिकाको मौखिक उजुरीको आधारमा दु र्व्य वहार गर्ने शिक्षकलाई पक्राउ गरिएको छ ।

भिडिओ भाइरल भएपछि बल्ल घटना सार्वजनिक भएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् । घटना केही समय अघिको भएपनि भिडियो सार्वजनिक भएपछि भाइरल भएको थियो । भिडियो भाइरल भएपछि प्रहरीले त्यसवारे चासो देखाएको हो । शिक्षिकाले मौखिक उजुरी दिएको भएपनि अहिले सम्म लिखित उजुरी नपरेको प्रहरीले जनाएको छ ।

आफूलाई एक्लै भेट्नासाथ ती शिक्षकले सधैं दु र्व्य वहार गर्ने गरेको समेत पीडित शिक्षिकाले बताएकी छन्। घटनामाथि थप अनुसन्धान भइरहेको एसपी चन्दले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *