प्रचण्ड एमालेमा फर्किनुको कारण यति ठुलो प्लान, यसरि भयो खुलासा

समाचार

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल नेकपा एमालेमा रहने निर्णय गर्नुको पछाडी ठूलो कारण रहेको बताएका छन् । उनले माधव नेपाल समूहले नेकपा एमाले क’ब्जामा लिने बताएका छन्।

बुटवलमा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले नेपाल समूह कि एमाले क’ब्जा गर्न वा वि’द्रोह गर्न एमालेमा फर्कने निष्कर्षमा पुगेको बताएका छन् । उनले माधव समुहलले एमाले क’ब्जा गर्न नसके वि’द्रोह गर्नुपर्ने अवस्था आउने बताएका हुन्।

‘या त माधवजीहरुले छिट्टै एमाले क्याप्चर गरेर केपी ओलीलाई हटाउने स्थिति हुन्छ। होइन भने वि’द्रोह गर्ने स्थिति बन्छ’, प्रचण्डले खुलासा गर्दै भने, ‘उहाँहरु हामी मिलेर फेरि एउटा आन्दोलनकारी ठूलो कम्युनिस्ट शक्ति बनाउछौँ।’

उनले प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनको कदमविरुद्ध नेपाल र खनालसहित आन्दोलनमा थिए । तर सर्वोच्चको फैसला पछि नेपाल र खनाल लगायतका सो समुहका नेता ओली विरुद्ध आन्दोलन गर्दै देश दौडहामा निस्केका थिए । सो क्रममा आफूहरुबीच भावनात्मक संम्बन्ध बनेको पनि उनले बताए।

प्रचण्डले पुस ५ गतेदेखि माधव समूहसँग आफूहरुको वैचारिक, राजनीतिक र भावनात्मक सम्वन्ध धेरै माथि पु्गेको बताए । यसलाई फेरि एकतातिरै लैजानुपर्छ भन्ने माधव समूहको रणनीति रहेको उनको बुझाइ छ ।

प्रचण्डले भने, ‘कहीँ पनि पूर्वएमालेसँग सम्वन्धित जिम्मेवार कामरेडहरु फर्केर एमालेमा जान्नौं भन्नुभयो भने एकचोटि हेडक्वाटरसँग सम्पर्क गर्नुहोला, आफैं नटुंग्याउनुहोला । कुनै पनि जिल्लाका हाम्रा गतिविधिले केन्द्रमा माधवजीलाई पिन्च नहोस । त्यसको ठूलो अर्थ छ ।’

उनले थपे, ‘एमाले अब एक रहने स्थिति नै छैन । विचारमा, राजनीतिमा, भावनामा पनि (माधव समूह) हामीसँग नजिक हुन खोजिरहनुभएको छ । हामीले प्रस्तावित गरेका अध्यक्ष लगायतका कमरेडहरुको सम्वन्ध तपाईंहरुसँग धेरै राम्रो छ ।’ प्रचण्डले माधव नेपाल समूहले एमाले कब्जा गर्न सक्ने पनि बताए ।

उनले भने, ‘यात माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ । होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ ।’

अध्यक्ष प्रचण्डले अबको आफ्नो मुख्य जोड भनेको संगठन निर्माण रहेको बताउँदै अबको तीन वर्षमा आफू काठमाडौँ छाडेर बाहिर बस्ने र माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *