यस्तो तस्बिर शेयर गर्दै सुत्केरी भएको २ हप्तामा नै काममा फर्किन् नायिका करिना कपुर, सबैलाई पारिन् चकित

मनोरञ्जन

काठमाडौं । सानै उमेरमा बलिउडमा ठूलो धमाका गर्न सफल सुन्दरी हुन् नायिका करिना कपुर । पहिलो सन्तान तैमुरलाई जन्मदिएको ४ वर्षपछि दोस्रो सन्तानलाई जन्म दिएको १६ दिनमा नै नायिका करिना फेरी काममा फर्किएकी छिन् ।दोस्रो सन्तानलाई जन्म दिनुअघि गर्भावस्थाको अन्तिमसम्म काम गरेकी करिनाले अहिले सुत्केरी भएको १६ दिनपछि फेरी कामलाई निरन्तरता दिएकी छिन् । करिनाले आफ्नो वर्क लोकेशनको फोटो सेयर गर्दै आफ्ना शुभचिन्तक र फ्यानलाई आँफु काममा फर्किसकेको जानकारी दिएकी छिन् ।

करिनाले आफ्नो मेकअप म्यानको तस्बिर सेयर गर्दै ‘आज उनी काममा छन् । यस्तै दोस्रो तस्बिरमा करिनाले मेकअपपछि आफ्नो सेल्फी साझा गरेकी छिन् । यसबाहेक उनले आफू मेकअप चेयरमा बसेको फोटो पनि सेयर गरेर आँफु पनि काममा रहेको जनाउ गरेकी छिन् । गर्भाअवस्थामा पनि आफ्नो रेडियो शो ह्वाट वुमन वान्ट पनि जारी राखेकी करिनाले सुत्केरी भएको २ हप्तामा नै काममा फर्केर आँफु तन्दुरुस्त रहेको जनाउ दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *