ओलीको यो योजानाले बाबुराम र प्रचण्ड चकित, देउवाले पनि पत्याएनन प्रचण्डलाई !

समाचार

काठमाडौ । पछिल्लो विघटित राजनीतिक घटनाक्रम पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधुप सुरु भएको छ । नेकपामा रहँदा प्रधानमन्त्री ओलीको राजीनामा माग्दै सडक संघर्षमा रहेका प्रचण्ड अब नयाँ राजनीतिक समिकरणको लागि दौडमा छन् । प्रचण्ड मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ। माओवादी केन्द्रको स्थायी समिति बैठकले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी र कांग्रेससँग छलफल गर्ने निर्णय गरे पछि उनी देउवालाई भेट्न पुगेका हुन् ।

उनीहरुबीच आधा घण्टा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले नेपालखबरलाई जानकारी दिए। देउवा र प्रचण्डबीच सत्ता सहकार्यको विषयमा छलफल भएको थियो। सत्ता सहकार्यको छलफल गर्न गएका गएका प्रचण्डलाई देउवाले उल्टै प्रश्न राखेका छन् ।

‘तपाईँले कांग्रेससँग सत्ता सहकार्यको कुरा त गर्नुभयो तर माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु फिर्ता गर्नुभएको छैन,’ भन्दै देउवाले प्रचण्डलाई प्रश्न राखेका थिए ।

देउवालाई भेटेपछि प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेट गरेका छन् । बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास प्रचण्ड पुगेका थिए । मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गराएका प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन् ।

भावी सत्ता समीकरणमा एकाएक निर्णायक शक्ति बन्न पुगेको संसद्को चौथो दल जनता समाजवादी पार्टी (जसपा) मा तीव्र अन्तर्विरोध सुरु भएको छ । अदालतले सत्तारूढ दलको एकीकरण प्रक्रिया खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि जसपामा सत्ता गठबन्धनकै विषयले आन्तरिक कलह उत्पन्न भएको हो ।

सांसद रेशम चौधरीको रिहाइलगायत मुद्दा र सत्ता समीकरणकै विषयमा छलफल गर्न सरकार र जसपाले कार्यदल बनाएको विषय मंगलबार नै सार्वजनिक भएपछि जसपाभित्र अन्तरविरोध बढेको हो ।

जसपा अध्यक्ष महन्थ ठाकुरले चौधरीको रिहाइका विषयमा छलफल गर्न भन्दै आइतबार नै दुई सदस्यीय कार्यदल बनाएको जानकारी अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र पार्टीका अधिकांश नेताले मंगलबार मात्रै पाएका थिए । ठाकुरले कार्यदल बनाएको जानकारी संसदीय दलको बैठकमा गराएका थिए ।

त्यसपछि बैठकमै नेताहरूबीच केहीछिन च’र्काच’र्की परेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गठबन्धन गर्न ठाकुरले पार्टीमा जानकारी नै नगराई कार्यदल बनाएको बुझाइ यादव पक्षको छ । यादव र भट्टराईसहित उनीपक्षीय नेताहरू कांग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन गर्नुपर्ने पक्षमा छन् । च’र्को विरोधपछि ठाकुरले संसदीय दलको बैठकमा सांसद चौधरीको रिहाइका लागि मात्रै कार्यदल गठन भएको दाबी गरेका थिए ।

तर, अन्तर्यमा यो कार्यदलले सत्ता गठबन्धनको विषयमा समेत छलफल अघि बढाइसकेको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *