एकाएक आज फेरी ह्वत्तै बढ्यो सुनको मुल्य,यस्तो छ आजको मुल्य

समाचार

काठमाडौँ- नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ ।साताको अन्तिम दिन शुक्रबार तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार छापावाल सुन ८०० रूपैयाले बढेको छ ।नयाँ बृद्धिसँगै आज छापावाल सुन प्रति तोला ९५ हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १२३५ रुपैयाँमा कारोबार भएको छ । साताको अन्तिम दिन शुक्रबार चाँदी तोलाको ११९५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *