कन्चनको नि’ध’नपछि अनिशाले के गरिन् यस्तो गाउलेले गर्नु गरेपछि सहन सकिनन् अनिशाले (हेर्नुस भिडियो)

रोचक

तिष शास्त्रबाट मानिसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ । उसको जन्म समयलाई आधार मानेर जन्म कुण्डली तयार पारिन्छ ।

जन्म कुण्डलीमा बसेका ग्रहको प्रभाव स्वरुप उसमा देखिने भूत, वर्तमान र भविष्यको फलादेश गरिन्छ । त्यसो त हरेक मानिसका राम्रा र कमजोर पक्षहरू हुन्छन् । कतिपय कुराहरूको विषयमा आफू जानकार नभएर पनि हामी असफलताको बाटोमा गइरहेका हुन सक्छौ ।

समयमै आफ्नो कमजोरी बुझेर अगाडी बढ्न सक्ने हो भने सफलता हात मिल्नेमा दुबिधा छैन । त्यसैले शास्त्रलाई मान्नुहुन्छ भने राशि अनुसार आफ्ना कमी कमजोरी के हुन्छन् जानि राखौंः

मेष राशि

मेष राशिका मानिसहरु धेरै चाँडै रिसाउँछन्, जसको कारण मानिसहरूसँग उनीहरूको सम्बन्ध बिग्रन्छ । परिणाम स्वरूप यसले सफलताको बाटोबाट पछाडि धकेल्छ । त्यसैले मेष राशि भएका व्यक्तिहरूले आफ्नो रिस नियन्त्रण गर्नुपर्ने शास्त्रले बताउँछ ।

वृष राशि

वृष राशि भएका मानिसहरू अटेरी, घमन्डी, जिद्दीपन स्वभावका हुन्छन् । यी राशि भएका मानिसहरूमा रिसालु स्वभाव पनि उत्तिकै हुन्छ । त्यसैले आफूमा हुने यी स्वभावमा परिवर्तन गर्ने हो भने वृष राशि भएका व्यक्तिले सफलता पाउनेछन् ।

मिथुन राशि

मिथुन राशि भएका व्यक्तिहरू अरुलाई धेरै चाँडै विश्वास गर्दछन् । अरूको विवेकमा काम गर्दा प्राय उनीहरूले नोक्सान भोगिरहेका हुन्छन् । उनीहरूको हातबाट धेरै राम्रा अवसरहरू समेत गुमिरहेका हुन्छन् । तसर्थ यी अवस्थालाई ध्यानमा राखेर अघि बढ्ने हो भने मिथुन राशिका व्यक्तिहरूले कार्य सिद्धि पाउनेछन् ।

कर्कट राशि

कर्कट राशि भएका मानिसहरू धेरै भावनात्मक हुन्छन् । तिनीहरू प्रायः भावनात्मकतामा लागेर गलत निर्णय लिन्छन् । जसको कारणले कर्कट राशि भएका व्यक्तिहरूले पछि पछुताउनुबाहेक केही हुँदैन । त्यसैले कर्कट राशि भएका व्यक्तिहरूले यी विषयमा बेलामै सोच्नुपर्ने हुन्छ ।

सिंह राशि

सिंह राशि भएका मानिसहरू आफ्नो आवश्यकता पुरा गर्नको लागि कुनै कुरा बाँकी राख्दैनन् । यहाँसम्म कि उनीहरू धेरै समय खर्च गरेर भए पनि आफ्नो काम फत्ते गर्न चाहन्छन् । साथै छोटो तरिकाले काम गर्ने कुरामा निर्धक्क तरिकाले खर्च गर्छन् । जसको कारण उनीहरूलाई भविष्यमा पछुतो हुन सक्छ । उसको सबैभन्दा ठुलो कमजोरी नै खर्च गर्ने बानी हो, जुन बानी परिवर्तन गर्नुपर्दछ ।

कन्या राशि

कन्या राशि भएका मानिसहरू स्वभावैले अहङ्कारी हुन्छन् । त्यसैले अरूलाई उनीहरू आफूभन्दा साधारण भन्ने ठान्छन् । तिनीहरूको यस्तै कार्यहरूले यिनीहरूको प्रगतिमा बाधा सिर्जना भइरहेको हुन्छ । कन्या राशि भएका व्यक्तिहरूले आफ्नो अहङ्कार र अरूलाई तुच्छ ठान्ने प्रकृतिबाट टाढा बस्नु उपयुक्त हुनेछ ।

तुला राशि

तुला राशि भएका व्यक्तिहरू सहयोगी भावनाका हुन्छन् । उनीहरू दिन दुखीहरूलाई मात्र नभएर आवश्यकता भन्दा बढी सहयोग गर्ने हुन्छन् । यसले सधैँ सफलता हुन्छ भन्ने होइन । यस विषयमा पनि तुला राशि भएकाहरूले सोच्नुपर्ने हुन्छ । किनकि मानिसहरूले तपाईँको कमजोरीको फाइदा उठाइरहेका हुन्छन् । उदार प्रकृति स्वभाव देखेर मानिसहरूले यिनीहरूलाई धोका नदेलान् भन्ने के छ र ?

वृश्चिक राशि

वृश्चिक राशि भएका मानिसहरू हरेक कुरामा रिसाउने स्वभावका हुन्छन् । यो उनीहरूको सबैभन्दा ठुलो कमजोरी नै रिस हो । यही क्रोधको कारण तिनीहरूलाई सफलताको मार्गमा अवरोध सिर्जना भइरहेको हुन्छ । वृश्चिक राशि भएकाहरूले आफ्नो रिस र आवेगलाई नियन्त्रणमा राख्नु नै सबैभन्दा ठुलो बुद्धिमत्ता हुनेछ ।

धनु राशि

धनु राशि भएका मानिसहरू धेरै बोल्ने स्वभावका हुन्छन् । उनीहरूलाई कतिपय ठाउँमा बोली कै प्रभाव स्वरूप सफलतामा अड्चन आइरहेको हुनसक्छ । उनीहरू आफू साधारण भए पनि ठुला ठुला कुरा गरेर अरूलाई सानो बनाउन खोज्ने प्रवृत्ति हुन्छ । उनीहरूको यही बानीले प्रगति पथमा अवरोध सिर्जना भएको हुनसक्छ । त्यसैले सकेसम्म कम बोल्ने महत्त्वपूर्ण विषयमा बोल्दा पनि सोचेर मात्र बोल्ने गर्नुपर्दछ ।

मकर राशि

मकर राशिका मानिसहरूलाई लाग्दछ कि आफू नै सबै कुरामा निपुण छु । तर, यो भ्रम मात्र हो । यसले तपाईँलाई नयाँ कुरा जान्ने र सिक्नेमा बाधा पुगिरहेको हुन्छ । यस्तो स्वभावलाई मकर राशिका मानिसहरूले परिवर्तन गर्न सके उसले सफलता हात पार्ने विश्वास गरिन्छ । तसर्थ अहमता त्यागेर अरूको कुरा सुन्ने र बुझ्ने गर्नु नै मकर राशिका लागि महत्त्वपूर्ण हुनेछ ।

कुम्भ राशि

कुम्भ राशि भएका मानिसहरू आफ्नो कुरामा अडिग रहन्छन् । उनीहरू अरूको अगाडी झुक्न तयार हुँदैनन् । केही कुरामा अडिग रहनु ठिक होला तर सबै कुरामा यसले फाइदा पुर्याउँदैन्न । उनीहरूलाई यही बानीले प्रगति पथमा बाधा सिर्जना गरिरहेको हुनसक्छ । यो कुरालाई कुम्भ राशि भएकाहरूले सदैव मनन गर्नुपर्ने हुन्छ ।

मीन राशि

मीन राशि हुनेहरुमा आत्मविश्वासको कमी हुन सक्छ । जीवनमा केही गरौँ भन्ने हौसलाको कमी हुने हुँदा यिनीहरूको जीवनमा विभिन्न चुनौतीहरु आइरहेका हुन्छन् । साना–तिना कुराहरू पनि उनीहरूलाई गम्भीर लाग्न सक्छन् । त्यसैले आत्मविश्वास बढाउनु नै मीन राशिका व्यक्तिहरूका लागि सफलता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *