काठमाडौ । उडिरहेका दुई जहाज आकासमै ठक्कर आएर दुर्घटना हुँदा ५ जनाको निधन भएको छ । यो घटना फ्रान्समा भएको हो । उडिरहेका दुई विमान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको निधन भएको अन्तरष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
एक विमानमा ३ र अर्का विमानमा २ यात्रु रहेको समाचारहरुमा बताइएको छ। स्थानीय समयअनुसार शनिबार फ्रान्सको दक्षिण–पूर्वी शहरमा उक्त लाइट विमानहरु दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।
दुर्घटना लगत्तै उद्धारका लागि ५० अग्निनियन्त्रक घटनास्थलमा खटाइएका थिए। विमान जमिनमा खस्दा त्यसले कसैलाई क्षति नपुर्याएको बताइएको छ। विमान मानव वस्ती नभएको स्थानमा खसेको थियो ।