बाबुराम–उपेन्द्रलाई राजेन्द्र र महन्थको ‘सरप्राइज’ :जसपामा जानकारी नदिइ एमालेसँग सहकार्य गर्न अघि बढे

समाचार

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोको साथ लिएर एमालेसँग सत्ता साझेदारको लागि प्रयास गरेका छन्। सत्ता साझेदारीका लागि ठाकुरले पूर्व समाजवादी र राजपाकै केही नेतालाईसमेत जानकारी नगराइ कार्यदल बनाएको खुलेको हो ।

ठाकुरले २३ फागुन विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । भेटप्रति जसपाका नेताहरुले आशंका गरेका थिए । एक नेताका अनुसार ओली र ठाकुरबीच सत्ता साझेदारीबारे सहमति भएको चर्चा समेत चलेको थियो । तर ठाकुरले केही भनेका थिएनन् ।

जसपाभित्र सत्ता गठबन्धनका लागि दुई धार देखिएको छ। भट्टराई र यादवले वर्तमान प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेकाले सहकार्य गर्नै नहुने अडान लिएका छन्। तर ठाकुर र महतो भने ओलीसँग सहकार्य गर्ने विषयमा खुला छन्।

समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनेको हो। तर यी दुई दलको संसदीय दलका नेता फरक-फरक छन्। ठाकुरको यो कदम पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईका लागि ‘सरप्राइज’ थियो । उनीहरु ओलीसँग सहकार्य गर्ने पक्षमा थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *