माधव नेपाललाई ओलीले भने, ‘तपाईंको बर्थ डे धुमधामले मनाउन मन थियो, तपाईं मेरो अनुहारै हेर्न चाहनुहुन्न, भौतारिएर कताकता हिँड्नु भएको छ

समाचार

माधव नेपाललाई ओलीले भने, ‘तपाईंको बर्थ डे धुमधामले मनाउन मन थियो, तपाईं मेरो अनुहारै हेर्न चाहनुहुन्न, भौतारिएर कताकता हिँड्नु भएको छ काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता सम्वन्धमा फैसला सुनाएकै दिन नेता माधवकुमार नेपालको जन्मदिन परेको थियो । यस अघि पनि सर्वोच्चले संसद विघटनका विषयमा गरेको फैसलामा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन थियो । जन्मदिनको दिन खुसी मुडमा रहेका बेलामा माधव नेपालले नमिठो उपहार दियो ।

सर्वोच्चले तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि सबैभन्दा अ प्ठेरो नेपाललाई परेको छ । उनलाई ‘यता न उता’ बनेको टिप्पणी भइरहेको छ । प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै प्रचण्डको साथमा सडकमा उत्रिएका नेपाललाई अदालतको निर्णयले फेरी ओलीसंगै पुर्याइदिएको छ । फैसला पछि उनले सर्वोच्चको अनपेक्षित फैसला भनेर टिप्पणी गरेका छन् । तर सर्वोच्चको निर्णय मान्ने बताएका छन् । जन्मदिन परेका कारण उनी पार्टीका नेता(कार्यकर्तादेखि शुभचिन्तकसम्मको शुभकामना ग्रहण गरिरहेका थिए । त्यसैवेला उनलाई अचानक प्रधानमन्त्री ओलीको पनि फोन आयो ।

ओलीले सोमवार बिहानै नेपाललाई फोन गरेर ‘बर्थडे विस’ गरे । पानी बाराबारको अवस्थामा रहेका ओली र नेपालबीच लामो कुराकानी भने भएन । जवाफमा नेपालले धन्यवाद दिए । ओलीले भनेका थिए, ‘तपाईंको बर्थ डे केक काटेर धुमधामले मनाउन मन थियो, तर तपाईं मेरो अनुहारै हेर्न चाहनुहुन्न, भौतारिएर कताकता हिँड्नु भएको छ ।’

उनीहरूको फोन संवाद सुनेका नेता सुवास नेम्वाङले यसवारे बताएका छन् । उनले नेपाललाई जन्मदिनको शुभकामना दिएको देखेपछि ओलीलाई जिस्क्याए पनि । ‘तपाईंहरुको भित्रभित्र यत्रो हिमचिम रहेछ, जन्मदिनमा बिहानै सम्झेर फोन गर्नुहुँदो रहेछ । बाहिर चाहिँ किन एकअर्कालाई देखि नसहेझैं गर्नुहुन्छ ?’ नेम्वाङले भने । ओली मुसुमुसु हाँसे मात्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *