फेरी पनि ओलीलाई अर्को अफ्ठेरो : नेकपा एमालेमा पदाधिकारी र स्थायी कमिटीमा ओली अल्पमतमा (को कता सुचीसहित)

समाचार

काठमाडौं । काठमाडौँ-सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अवैधानिक ठहर गर्दै पूर्ववर्त अवस्थामा फर्काइदिएपछि सबैभन्दा अन्योलको अवस्थामा माधव नेपाल पक्ष पुगेको छ।

आइतबार फैसला आए लगत्तैदेखि आन्तरिक छलफलमा जुटेको उक्त समूहले अहिले ठोस रणनीति तय गर्न सकेको छैन। नेपाल समूहमा रहेका एमालेका नेता एवं सांसदहरु आफूहरु राजनीतिक, कानुनी र नैतिक हिसाबले निक्कै कठिन अवस्थामा पुगेको स्वीकार गर्छन्।

एकातिर राजनीतिक कोर्ष निक्कै अघि बढिसकेको र अर्कोतिर सर्वोच्चकाे फैसला बाध्यात्मक रुपमा स्वीकार गर्नुपर्ने अवस्थामा नेपाल समूह छ।

यसै क्रममा नेकपा एमाले ब्युँतिएपछि त्यहाँ कस्को कति शक्ति रहेको मापन हुन थालेको छ । नेकपा एमालेको नवौं महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । महासचिवमा इश्वर पोखरेल निर्वाचित भएका थिए ।

अब एमालेको विधान अनुसार अध्यक्षलगायत पदाधिकारीका अलावा केन्द्रीय सदस्य सबै निर्वाचित हुनुपर्छ । त्यही अनुसार शक्तिको मापन हुन्छ ।

एमालेमा १४ पदाधिकारीमध्ये ५ जना पदाधिकारीमात्र ओली पक्षमा छन् । ७ जना माधव नेपाल पक्षधर छन् । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली छ । निर्वाचित उपाध्यक्ष बामदेव गौतम तटस्थ छन् ।

नेकपा एमालेको स्थायी कमिटिमा १४ जना माधव नेपाल पक्षमा छन् भने ९ जना ओली पक्षमा छन् । यसरी पदाधिकारी र स्थायी कमिटीमा नेपाल बहुमतमा छन् ।

यसरी नेकपा एमालेको पार्टी कमिटीको माथिल्लो तहमा ओली अल्पमतमा छन् । केन्द्रीय कमिटीमा ओली र नेपाल समूह बराबरीको अवस्थामा छन् । उक्त कमिटीमा बामदेव गौतम निर्णायक अवस्थामा छन् ।

केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१.केपी ओली अध्यक्ष२.इश्वर पोखरेल महासचिव३. प्रदिप ज्ञावली सचिव४.पृथ्वी सुब्बा गुरुङ सचिव५. विष्णु पौडेल उपमहासचिव

स्थायी कमिटी सदस्य

६.शंकर पोखरेल७. सत्यनारायण यादव८. सुवास नेम्वाङ९ . विष्णु रिमाल

माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१.माधवकुमार नेपाल वरिष्ठ नेता२.झलनाथ खनाल वरिष्ठ नेता३. अष्टालक्ष्मी शाक्य उपाध्यक्ष४. भिम रावल उपाध्यक्ष५. युवराज ज्ञावली उपाध्यक्ष६. घनश्याम भुषाल उप महासचिव७ . गोकर्ण विष्ट सचिव८. योगेश भट्टराई सचिव९. भिम आचार्य सचिव

स्थायी कमिटी सदस्य

१०.सुरेन्द्र पाण्डे११. मुकुन्द न्यौपाने१२. रघुजि पन्त१३. बेदुराम भुषाल१४. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *