एमाले ब्युँझियो भन्दै ओली पक्षले खुसीयाली मनाउँदा शंकर पोखरेलले दिए चकित् पार्ने प्रतिकृया

समाचार

काठमाडौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले खुसीयाली मनाएका छन् । शनिवार भएको संसद बैठकमा पनि नेकपा एमालेको सांसदको हैसियतले सहभागी भएको भन्दै कतिपय सांसदले सामाजिक सञ्जालमा स्टाटस लेखे ।

प्रधानमन्त्री ओलीले पनि सर्वोच्चको फैसला स्वागत योग्य रहेको भन्दै हर्षित मुद्रामा प्रतिकृया दिए । देशब्यापी रुपमा पार्टी कार्यालयमा पनि नेकपा एमालेको वोर्ड राखिदै छ । यस्तो माहौल भइरहेका बेला एमाले खेमाकै नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल भने खासै खुसी देखिएका छैनन्।

उनले सामाजिक सञ्जाल फेसवुकमा अभिब्यक्त गरेको कुराले उनी खुसी नदेखिएको स्पष्ट हुन्छ । निर्वाचन आयोगमा पहिल्यै दर्ता ऋषि कट्टेलको नेकपालाई कानुनी मान्यता दिँदै सत्तारूढ नेकपालाई चाहिँ बदर गर्ने फैसला अदालतले आइतबार सुनाएको हो। साथै तत्कालीन एमाले र माओवादी केन्द्र नै अस्तित्वमा रहेको भनिएपछि अहिले ओली समूहका एकपछि अर्का नेताले खुसी व्यक्त गरिरहेका छन्।

तर पूर्वएमाले हाल नेकपाका नेता एवं मुख्यमन्त्री पोखरेलले भने मध्यमार्गी विचार राखेका हुन्। उनी पार्टी एकताकै पक्षमा रहेको ब्यक्त धारणाले बुझ्न सकिन्छ । नेतृत्वको स्वार्थी टकरावले एकताको मर्म मरेकै थियो। सर्वोच्चको फैसलाले आत्मसमीक्षाको ठाउँ दिएको छ,’ सोमबार बिहान सामाजिक सञ्जालमार्फत पोखरेलले भनेका छन्, ‘जिम्मेवार बनौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *