फेरी अर्को भयानक दुर्घटना। २ जनाको घटनास्थलमै मृ त्यु

समाचार

माधव गैरेस्याङ्जा, २३ असोज स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं १ मा सडक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ।बिपरित दिशाबाट आइरहेको ग १ क ४३७० नं को बसले ग १३ प २८१४ नं को मोटरसाइकल लाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।निधन हुनेमा साविकको बानेथोक ४ स्याङ्जा हाल भीरकोट नगरपालिका वडा नं ३ बानेथोकका ध्रुव भनिने ३१ वर्षिय गुप्त बहादुर खत्री र अर्का वालिङ रामबाच्छाका ५८ वर्षिय ढालबहादुर राना रहेका छन्।उनीहरुको शवलाई पोष्टमार्टमका लागि वालिङ स्वास्थ्य केन्द्र लैजाने तयारी भइरहेको छ।

यो पनि:तुलसीपुरमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ प्रवद्र्धन शाखाका फोकल पर्सन बिमल केसीका अनुसार शुक्रबार (आज) ११ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का ४ जना पुरुष, वडा नम्बर ६ का ३ जना पुरुष र एक जना महिला, वडा नम्बर १५ का एक पुरुष, वडा नम्बर १८ का ३ जना पुरुष र एक महिलामा कोरोना पुष्टि भएको हो ।त्यस्तै, वडा नम्बर १९ का एक पुरुष गरी १४ जना नयाँ संक्रमित थपिएका हुन् । यो सँगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३०२ जना पुगेको छ ।सक्रिय संक्रमितको संख्या ९४ जना रहेका केसीले जानकारी दिए । तुलसीपुरका प्रमुख घन श्याम पाण्डे र उनकै स्वकीय सचिव धर्म वलीलाई पनि संक्रमण पुष्टि भएको छ ।प्रदेश सभाका सदस्य डिल्ली बहादुर चौधरीका सुरक्षा गार्ड र सवारी चाल कलाई पनि कोरोना संक्रमण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *