पुजारीलाई ‘जि’उँ’दै ‘ज’ला’एर मा’रे

अन्तरास्टिय

काठमाडौं, असोज २४ । एक पुजारीलाई ‘जि’उँ’दै ‘ज’ला’एर मा’रेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ भने अन्य ४ जनाको खोजी अगाडी बढाएको छ । घटना हो भारतको राजस्थानको । जलेर घाइते पुजारी बाबुलाल वैष्णवको उपचारका क्रममा बिहीबार राति निधन भएको हो ।

राजस्थानस्थित करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा जमिनबारे विवाद भएपछि पाँच जनाविरुद्ध पुजारी बाबुलाल वैष्णवलाई त्यसरी ‘जि’उँदै ‘ज’ला’एको आरोप प्रहरीले जनाएको छ । आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणालाई पक्राउ गरेसँगै अन्य फरार आरोपितहरुबारे प्रहरीले जानकारी बटुलीरहेको बताएको छ । प्रहरीलाई आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणाले जग्गा विवादपछि ज्यान लिएको स्विकारेका छन् ।

यो पनि , काठमाडौंका व्यापारीले आफूखुसी बढाए पानीको मूल्य- काठमाडौं । खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् । पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति लिएर वाणिज्यले तोकेको अधिकतम बिक्री मूल्य ९एमआरपी०का आधारमा मूल्य बढाएको दाबी गरेका छन् ।

तर वाणिज्य विभागले भने पानीको एमआरपी तोके पनि त्यो कार्यान्वयन गर्ने विषयमा टुङ्गो नलागेको जनाएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले एमआरपी कार्यान्वयनको विषयमा विभागले कुनै पनि उद्योगीलाई स्वीकृति नदिएको र आफूखुसी मूल्य बढाउने उद्योगीलाई कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापारीले आफूखुसी मूल्य बढाएको भन्ने गुनासो विभागमा पनि आउन थालेको छ । आफूखुसी मूल्य बढाउने व्यापारीलाई विभागले अनुगमन गरेर कारबाही गर्छ । ”

विभागका अनुसार पछिल्ला दिनमा जारको पानीमा गुणस्तर सुधार गर्नुपर्ने, महँगो मूल्यमा बेच्ने गरेको, पानीमा कीरा, लेउ भेटिने गरेको, जारको बिर्कोबाट पानी चुहिने र फोहोर जारमा पानी बेच्ने गरेकोलगायतका गुनासा आउन थालेका छन् ।

विभागले गत साउन र भदौमा पिउने पानीका उद्योगमा अनुगमनलाई तीव्र बनाएको थियो । त्यसबेला करिब चार दर्जन पानी उद्योग कारबाहीमा पनि परेका थिए तर पछिल्लो समय विभागको अनुगमन अरू क्षेत्रमा केन्द्रित भएपछि फेरि पानीमा उपभोक्ता ठगिएको गुनासो आउन थालेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक सुवेदीका अनुसार पिउने पानीको मूल्य र गुणस्तर दुवैमा उपभोक्ताले गुनासो गर्ने गरेका छन् । पानीमा ठगिएका गुनासो पछिल्लो समय बढेका छन् । यस्ता गुनासो मूल्य र गुणस्तरसँगै छन् । हामी चाँडै अनुगमन सुरु गर्छौं, उहाँले भन्नुभयो, “विभागले पानी उद्योग र वितरकसँग सम्बन्धित सूचना सङ्कलन गरिरहेको र अब केही दिनभित्रै स्ट्रिङ अपरेसनमा जानेछ । ” गोरखापत्र दैनिकमा खवर छ ।

जार र बोतलको पानीको मूल्यको हकका वाणिज्य विभागले गत भदौ १० गतेबाट लागू हुनेगरी मूल्य तोके पनि संसदीय समितिको हस्तक्षेपपछि उक्त मूल्य कार्यान्वयनमा नआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *