५० वर्ष पहिले सम्बन्ध वि’च्छे’द गरेका गरेका पति पत्नीले गर्दैछन् एकअर्कासंग पुनहः विवाह

रोचक

एजेन्सी । धेरै पहिले एक जोडीले सम्बन्ध वि’च्छे’द गरेका थिए । बुढेसकालमा फेरि दुवैजना सँगै बस्न चाहिरहेका छन् । अमेरिकाका हराल्ड हालैन्ड लिलियन बान्र्स उनीहरुले आज भन्दा ६३ वर्ष पहिला विवाह गरेका थिए ।

एक अर्कालाई धेरै माया गर्थे । विवाह पछि ५ बच्चाहरु पनि जन्मिए । फेरि दुवैजनालाई यस्तो लाग्न थाल्यो की सँगै बस्न नसक्ने भए । सन् १९६७ मा दुवैजना आपसी सहमतमिा अलग भए । सम्बन्ध वि’च्छे’द पछि पनि एक मित्रको नाता भने राखि राखे । २०१५ सम्म उनीहरु एक अर्कालाई छाडेर आफ्नै दुनियामा लागे । तर उमेर बढ्दै गएपछि एक अर्काको कदर गर्दै फेरी पनि सँगै रहने फैसला गरेका छन् ।

एकदिन अचानक एक पारिवारिक कार्यक्रममा दुवैजना एकैसाथ पुगेको देखेर सबैको होश उड्यो । सबै परिवारकोबीचमा दुवैले स्वीकार गरेपछि ५० वर्ष पछि फेरी एकसाथ बसेर आनन्द लिन चाहेको बताए । दुवै जनाको फैसलाको सम्मान गर्दै पारिवारीक सदस्य पनि निकै खुशी भए । १२ अप्रिलमा फेरी दुवैको विवाह हुनेछ । विवाहको आयोजना दुवैको नातीहरुले गरेका छन् ।

हराल्ड वैवाहिक कार्यक्रमको कुरा गर्दा निकै भावुक हुँदै ५० वर्ष अगाडी गरेको गल्ती कहिल्यै नदोह्रो¥याउने बताए । उक्त समयमा सबै समय बच्चाहरुको पालन पोषणमा लगाए पत्नीलाई कुनै जिम्मेवारी दिएनन् । यसै कारण पत्नी पतिबाट टाढा भएकी थिइन् । अब उनीहरुले एक अर्काको गल्ती महसुस गरेर नयाँ जिन्दगी सुरुवात गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *