काठमाडौँ । कमेडी टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’ को दोश्रो सिजन सुरु भएको छ । दोस्रो सिजनमा केही कलाकार परिवर्तन गरिएका छन । जिनु नेपाललाई साथ दिँदै आएकी हाँस्य कलाकार दिपाश्री निरौला कार्यक्रमवाट वाहिरिएकी छन् । उनको स्थानमा नायीका करिश्मा मानन्धरलाई देख्न सकिन्छ ।
सो कार्यक्रममो पहिलो टेलर सार्वजनिक भएको हो । कार्यक्रममा अतिथिका रुपमा रेखा थापा आएको देखिन्छ । कार्यक्रमका सञ्चाल जितु नेपालले नै छन् । अन्य केही कलाकारहरु भने परिवर्तन भएको देखिएको छ । विभिन्न पात्रको प्रस्तुतीको साथमा अथितिलाई बोलाएर मनोरंजन गरिने शोको पहिलो सिजनको अध्यक्षमा कलाकार तथा निर्देशक दिपाश्री निरौलालाई राखिएको थियो ।
दोश्रो सिजनमा भने सदाबहार अभिनेत्री करिश्मा मानन्धर अध्यक्षको रुपमा देखिएकी छन् । कार्यक्रममा उमेश राई ‘फुलान्देको आमा’ , सन्ध्या बुढा ‘काउली बुढी’ लगायतका कलाकारले प्रस्तुती दिने गर्दछन्। दोश्रो सिजनको अतिथिको रुपमा रेखा थापा, ऋषि धमला दम्पती लगायत पुगिसकेका छन्। आगामी सोमबारबाट प्रसारण हुने कार्यक्रमको पहिलो अतिथिको रुपमा अभिनेत्री रेखा थापा रहनेछिन् ।