काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्यामा नयाँ उचाई, २ हजार ५ सय ४० संक्रमित थपिए

समाचार

काठमाडौं, २२ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ४० संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र २ हजार ८५ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ३ सय २० जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय ३५ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ३६ हजार १ सय ६३ पुगेको छ । यसमध्ये काठमाडौमा २८ हजार ९ सय २, ललितपुरमा ३ हजार ७ सय ५३ं जना र भक्तपुरमा २ हजार ९ सय ३९ जना संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *