बिबाहका लागि युवतीको योग्यताको विज्ञापन देखेर दुनियाँ हैरान !

रोचक

काठमाडौ । नेपालमा जस्तै भारतमापनि बिबाहबारीका लागि विज्ञापन हुने गरेको छ । विभिन्न म्यारिज ब्यूरोले यस्ता विज्ञापन छाप्ने गर्दछन् । अहिले भारतको एउटा बिबाहका लागि गरिएको विज्ञापनले सबैलाई हैरान बनाएको छ । हुन त कम्पनीको सामान बिक्रिका लागि विज्ञापन दिएको देख्नु भएको होला ।

तर बिबाहकै लागि बिज्ञापन आफैमा अनौठो छ । तर बिज्ञापनले मात्र दुनियाँ हैरान भएको हैन । विज्ञापनमा बिबाहका लागि चाहिने युवतीको योग्यता देखेर सबे हैरान भएका छन् । जुन विज्ञापन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विज्ञापनमा भनिएको छ । बिबाहका लागि एक युवती चाहियो । जोसँग कुनैपनि सामाजिक सञ्जालको लत लागेको हुनु भएन ।

नितिन साँगवान नामका एक आइएएसका अधिकारीले ट्विटरमा एउटा टुक्रा पोष्ट गरेका छन् । जुन टुक्रा अखबारमा छापिएको विज्ञापन थियो । मेट्रिमोनियल ऐडको तस्विर पोस्ट गरेका थिए । विज्ञापनमा दुलही सुन्दर, अग्ली, पतली यस्तो खालको माग केही थिएन ।बस लेखिएको थियो की हुनेवाला दुलही कुनैपनि शोसल मिडिया नचलाउँने । वा लत नलागेकी हुनु पर्यो । यो विज्ञापन राख्दै उक्त अधिकारीले लेखे कि भावी दुलही, दुलाहा क्रिपया ध्यान दिनुहोला विवाहका लागि योग्यताहरु परिवर्तन भइरहेका छन् ।

यो विज्ञापन अब सोशल मीडियामा भाइरल भएको छ । पोष्टमा अनेकौँ हास्यस्पद कमेण्टपनि आएका छन् । हुनपनि हो सोशल मीडियाका लागि स्मार्टफोन चलाउने लत हदै बढेको छ । घरवालाहरु खुबै चपेटामा परेका छन् । अबको युगको लत भनेको नै यही होला जस्तो छ । भन्दै कमेण्ट र क्याप्सन लेखेर यो सामाग्री खुबै सेयर भइरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *