सबै प्रकारका शिक्षण संस्थाहरूलाई परीक्षा र पठपाठन सञ्चालन गर्न अनुमति

समाचार

काठमाडाैं, २१ असाेज । सरकारले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सबै तहका विद्यालय तथा विश्वविद्यालयहरुलाई परीक्षा र पठपाठन सञ्चालन गर्न स्वीकृत दिएको छ ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई परीक्षा लिन स्वीकृति दिने निर्णय गरेको जानकारी दिनुभयाे ।

परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले जारी गरेका सुरक्षाका मापदण्ड भने अपनाउनुपर्ने छ । ज्ञवालीले व्यवसायीक तालिम प्रदायकहरूलाई पनि तालिम दिन स्वीकृति दिएकाे बताउनुभयाे । तालिम प्रदायक संस्थाहरूले २५ जना संख्या नबढ्ने गरी तालिमका कार्यक्रम सञ्चालन गर्न सक्नेछन् ।

सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।

असोज १९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकमा अवैतनिक वाणिज्य दूतहरुको नियुक्ति तथा पदोन्नति गर्ने निर्णया गरेको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *