आज फेरी घट्यो सुन चाँदीको मूल्य

समाचार

काठमाडौँ : नेपाली बजारमा आज (बुधबार) सुनको मुल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा ८ सयले घटेको हो । सोमबार तोलाको ९४ हजार १ सय मा कारोबार भएको सुनको मुल्य मंगलबार तोलामा ८ सयले बढ्दै ९४ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले घट्दै सोमबारकै मुल्यमा कारोबार भएको हो ।

आज छापावाल सुन ९४ हजार १ सय र तेजावी सुन ९३ हजार ६ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मुल्य सोमबार कायम भएको मुल्यमै कारोबार भैरहँदा चाँदीको मुल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैंयाले घट्दै ११ सय ७५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ । चाँदी मंगलबार तोलाको १२ सय र सोमबार तोलाको ११ सय ८० मा कारोबार भएको थियो ।

यो पनि पढ्नुस

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा टिकट काट्ने पाँच जनालाई कारवाही गरिएको छ ।

ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । प’क्राउ पर्नेमा कोटेश्वर क्षेत्रको टिकट काउन्टरका विमल खत्री र किरण पौडेल तथा बल्खु टिकट काउन्टरका जीतेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादव छन् ।

सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर यात्रु ठ’गी रोक्ने अभियान चलाइएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । प्रहरीको आँखा छलेर ठ’गीमा परिएको स्वयम् यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गरिने बताइएको छ ।

प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाममा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर श्रव्यदृष्य अभिलेख गरेर पनि कारवाही गर्ने गरिएको छ ।

यसका लागि ट्राफिक प्रहरीले पी’डित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ । प’क्राउ पर्ने व्यक्तिलाई आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *