रिया चक्रवर्तीको वकिलले सुशान्तका फ्यानहरुलाई ‘बोगस्’ भनेपछि फ्यानहरुले पनि दिए यस्तो जवाफ…………

अन्तरास्टिय

एजेन्सी । सुशान्त राजुपत केसमा लगातार केही न केही नयाँ खुलासाहरु भईरहेका छन् । हरेक दिन यो केसमा नयाँनयाँ कुराहरु बाहीरिएका छन् । जेहोस् यसैबीचमा रिया चक्रवर्तीको वकिलले सुशान्तका फ्यानहरुलाई निशानामा राखेर आफ्नो एउटा स्टेटस् पोष्ट गरेका छन् ।

रियाका वकिल सतिश मानसिन्धेले ह्यास्ट्याग सुशान्त फर एसएसआरका सबै अभियन्ताहरुलाई टारगेट गरेर आफ्नो कडा प्रतिकृया दिएका छन् । सिएनएन १८ को एक अन्तरवार्तामा वकिल मानसिन्धेले भनेका छन्,‘सुशान्त सिंह राजपुतको न्यायकोलागी अभियान चलाउने अभियन्ताहरुले लाजले आफ्नो शिर निहुराउनु पर्छ । किनकी सुशान्तले ड्र’गको सेवन गर्छन् भन्ने कुरा बाहीरिएको छ । सुशान्तको पक्षमा क्याम्पियन चलाउनकोलागी उनको परिवार र तथाकथित मिडियाले बनाएको एउटा कथा मात्रै हो । ज जस्ले यो कथामा सहभागीता जनाए ती सबैले लाजले शिर निहुराउनु पदर्छ ।’

यति मात्र नभई रियाका वकिल मानसिन्धेले सुशान्त केसमा अनुसन्धान गरिरहेको सीबीआईको विषयमा आफ्नो राय दिएका छन् । उनले सीबीआईलाई दिएको सुझाव यस्तो छ ।‘सीबीआईलाई एउटा निष्कर्ष आउने मौका दिनु पर्दछ । किनकी सुशान्तको विषयमा चलिरहेको जाँच अन्तिम समयसम्म होस् । जाँचको विधीलाई निष्पक्ष भएर गरिनु पर्छ । तर यस्तो हुन नदिनकोलागी शूरुमै सबै डक्टरहरुलाई बदनाम गर्ने नियतले सीबीआईले काम गरोस् भन्ने फ्यानहरु चाहान्छन् । यस्तो गरिनु विल्कुलै राम्रो होइन । यदि यस्तो हुन्छ भने उनीहरु आफ्नो गलत आरोपहरु लगाई रहन्छन् जस्ले गर्दा जाँच निष्पक्ष हुँदैन ।’

रियाका वकिलले यसरी आफ्ना विचार राख्न नपाउँदै सुशान्तका फ्यानहरुले उनलाई नराम्रोसंग गाली गरेका छन् । सामाजिक सञ्जालमा सुशान्तका फ्यानहरुले उनलाई रियाको बचाउ गर्न अब कुनै हालतमा जरुरी नभएको बताएका छन् । केहीले त उनलाई वकिल पेशा छाडेर आफ्नो पुर्खेउली गाउँमा गएर किसान बन्न सुझाव समेत दिएका छन् । भने कतिले उनलाई नम्बर वान वकिल भनेर चिनिएकोले रियालाई जेल जानबाट बचाउन नसकेको भन्दै हिन्दुस्तानमै सबैभन्दा फल्प वकिलको उपाधि पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *