काठमाडौँ । गर्भावस्थामामा गर्भवतीले आफ्नो स्वास्थ्यका साथै गर्भको बच्चाको पनि विशेष ख्याल राख्नुपर्छ। यतिबेला गरिने सानातिना गल्तीले पनि गर्भको बच्चालाई असर गर्न सक्छ।
त्यसैले हरेक कुरा जानेर, बुझेर मात्र गर्नुपर्छ। जथाभावी औषधी खाने, शारीरिक क्रिया गर्ने जस्ता गतिविधिले समस्या निम्त्याउन सक्छ। खानपानमा पनि सर्तकता अपनाउनुपर्छ। पुरै जीवनशैली स्वस्थ्य र सन्तुलित हुनुपर्छ।
१) नियमित रुपले चिकित्सककहाँ जानुपर्छ। चिकित्सककै परामर्शलाई पालना गर्नुपर्छ। प्रथम ६ महिनामा प्रतिमहिना, सतौं वा आठौं महिनामा हरेक १५ दिन तथा नवौं महिनामा हरेक हप्ता चिकित्सककहाँ अवश्य जानुपर्छ।२) चिकित्सक र योग प्रशिक्षकको सल्लाह अनुसार नियमित र समुचित व्यायाम गरौँ । खाना खाइसकेपछि पैदल हिँड्ने बानी गरौ । हल्का, खुला र सूति कपडा लगाउनुपर्छ । मध्यान्हमा कम्तिमा २ घण्टा आरम गरौँ। राती ८ घण्टाको मस्त निन्द्रा लिनुपर्छ।
३) सन्तुलित र नियमित आहारा लिनुहोस्, जसमा उचित मात्रामा प्रोटिन तथा भिटामिन समावेश हुन्छ । अंकुरित अनज, दाल, हरियो पत्तेदार सब्जी, ताजा फल, दूध, अन्डा, माछा आदि सेवन गरौ ।
४) सन्तुलित आहार पटक पटक र थोरै थोरै मात्रामा लिनुपर्छ । भरपुर पानी पिउनुहोस्, खाली पेट बस्नु हुन्न।५) बच्चा कम चलमलायो वा चलमलाउन छाड्यो, रक्तश्राव भयो, खुट्टा सुन्नियो, पेटमा पीडा भयो, वान्ता भयो, टाउको दुख्यो, योनीमार्गमा पानी आयो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ।
अन्य टिप्स
– ध्यान, योग गर्नुपर्छ।– सधै सकारात्मक रहने प्रयास गर्नुपर्छ।– खुसी एवं तनावमुक्त हुनुपर्छ।– सकारात्मक उर्जा पैदा गर्ने पुस्तक पढ्ने, फिल्म हेर्ने ।– भयमुक्त रहने।– मनोरञ्जन गर्ने, रमाउने ।