एनएमबी बैंकका न्यूरोड शाखाका म्यानेजरसहित ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी

समाचार

काठमाडौँ । एनएमबी बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको न्यूरोड शाखाका म्यानेजरसहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना देखिएपछि उक्त शाखा एक हप्ताका लागि सिल गरिएको छ ।

संक्रमितको कर्मचारीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । यस्तै दुई साताअघि बैंककै कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि न्यूरोड शाखाका सबै कर्मचारीहरु कन्ट्याक ट्रेसिङमा परेका थिए । एनएमबी बैंकका अन्य तीन शाखा कार्यालयसमेत सिल भएर भर्खरै संचालनमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *